अर्घाखाँचीमा विभिन्न पार्टीबाट २५० जना एमालेमा प्रवेश – Nepal Press

अर्घाखाँचीमा विभिन्न पार्टीबाट २५० जना एमालेमा प्रवेश

रुपन्देही । अर्घाखाँचीको ढाकावाङ्गमा राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र र नेपाली कांग्रेसबाट ठूलो समूहमा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले जनमोर्चाको आधार इलाका मानिने सो क्षेत्रमा एकै दिन २ सय ५० जना नेता कार्यकर्तालाई एमालेमा स्वागत गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका निकट अखिल नेपाल ट्रेड युनियन अनटुक जिल्ला कमिटीका सदस्य बिरु भट्टराई, राजमोका रिता थापा खनाल, शान्ता नेपाली, विष्णु बहादुर नेपाली, सीता भुसाल, जोकबहादुर सावत, पेमी सावत, लालबहादुर नेपाली, कुमारी नेपाली, खिमबहादुर नेपाली, मिना सावत, मनकला नेपाली, रामबहादुर खत्री, रामप्रसाद भट्टराई, रुपा भट्टराई,चन्द्रबहादुर बिक, श्यामलाल रिजाल, रिता रिजाल, हिमलाल रिजाल, कुमारी माया राना, बेली सार्की, विष्णु बहादुर घम, सुशील घर्ती, रिता घर्ती, यमकला गमाल, कृष्णा घम, रुद्र बहादुर थापा, रबिलाल खनाल, मति नेपाली, गन्गी नेपाली, चन्द्रबहादुर नेपाली, सरस्वता नेपाली, जोमे नेपाली, वुद्धि नेपाली, रिखिबहादुर नेपाली, शान्ता नेपाली, विष्णु नेपाली, खुमबहादुर बिक, पुजा सुनार, रामबहादुर बिक, शान्ता बिक, शकुन्तला बिक, दिपा केसी, कमल परियार, कमला परियार, आकृति परियार, चन्द्रकला घर्ती, डिलबहादुर सुनार, लक्ष्मी सुनार, बेदबहादुर बिक, शारदा बिक, सुमन्तबहादुर बिक, निमी बिक, देवी घर्ती, तारा सुनार, विष्मी बिक, दुर्गा बहादुर नेपाली, मधुकुमारी नेपाली, असोक नेपाली, अस्मिता नेपाली, अमृत नेपाली, फुर्सि नेपाली, बिकबहादुर नेपाली, सुनिता भट्टराई, टेकनारायण खनाल, माया खनाल, ओमबहादुर बिक, खिमा बिक, टोपबहादुर बिक, अमृत बिक, बसन्ता बिक, खिमबहादुर घर्ती, शान्ता नेपाली, तेजबहादुर सुनार, राधिका सुनार, सन्तोष सुनार, बालकृष्ण सुनार, गणपति भुसाल, तुलशा भुसाल, तुलशा घर्ती, सुमित्रा बिक, लक्ष्मण रिजाल ,शान्ता रिजाल, कमला नेपाली, उमबहादुर नेपाली,कृष्ण नेपाली, हरिकला पौडेल, टोपकला घर्ती, उमा खनाल, प्रकाश भट्टराई, सुमादेबी भट्टराईलगायत रहेको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीले बताए ।

यसैगरी, माओवादी केन्द्रका कासीनाथ पुँजाली, सुवास खनाल, बावुराम भुसाल, घनश्याम खनाल, सावित्रा खनाल, राधिका खनाल, सत्यदेवी क्षेत्री, जीवबहादुर नेपाली, तारा भुसाल, अनिता खत्री, गोकुलप्रसाद भट्टराई, युवराज बन्जाडे, सुनिता बन्जाडे, टुल्कबहादुर घर्ती, यमकला घर्ती, नेत्रप्रसाद खनाल, गंगा नेपाली, तुल्सी नेपाली, अर्जुन केसी, दिपक खनाल, पदम प्रसाद बेल्वासे, राधिका बेल्वासे, सिर्जना खनाल, दिपक नेपाली, लक्ष्मी नेपाली, विष्णुबहादुर सावत, विष्णु नेपाली, मीना सावत, पुने सावत, मोहन पौडेल, मनिशा पौडेल, देवीराम पौडेल, भुवन पौडेललगायत एमाले प्रवेश गरेका हुन् ।

यसैगरी नेपाली कांग्रेसका दुर्गाप्रसाद भुसाल, गोमा कुमारी भुसाल, स्वतन्त्र कृष्णबहादुर सुनार, लाली कुँवर एमाले प्रवेश गरेका छन् ।
यसैगरी समाजसेवी रविना भुसाल क्षेत्री, निरज भुसाल, सुनिल रसाइली, लक्ष्मण बिक, मीना सुनार पनि नेकपा एमालेमा प्रवेश गरेको रायमाझीले बताए ।

नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र केन्द्रीय कमिटीका सदस्य चेतनारायण आचार्यले अविर तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा नेता रायमाझीले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताए । उनले ५ दलीय गठबन्धन ठगबन्धनमा रुपान्तरण भएको भन्दै त्यसको औचित्य समाप्त भएको दाबी गरे ।

नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले विकास,समृद्धि,सुशासन र समाजिक न्यायको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए ।

नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले पार्टीमा प्रवेश गर्नेहरूलाई बिना संकोच उचित जिम्मेवारी दिइने र चुनावी महाअभियानमा नेकपा एमालेको पक्षमा एकाकार भएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर