नेपालबारे पुटिन भन्छन् : पारस्परिक सम्बन्ध थप विकसित हुने विश्वास छ – Nepal Press

नेपालबारे पुटिन भन्छन् : पारस्परिक सम्बन्ध थप विकसित हुने विश्वास छ

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालसँगको पारस्परिक सम्बन्ध थप विकास हुने विश्वास व्यक्त गरेका छन् । मस्कोस्थित राष्ट्रपतिभवन क्रेमलिनमा आयोजित एक विशेष समारोहमा रुसका लागि नेपाली राजदुत मिलनराज तुलाधरले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा रुसी राष्ट्रपति पुटिनले नेपालबारे संक्षिप्त धारणा राख्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

दुतावासले जारी गरेको विज्ञप्तिअनुसार पुटिनले नेपालको संविधान दिवसको बधाई समेत दिएका छन् । तुलाधरले सहित अन्य २४ देशका राजदूतले पुटिन समक्ष ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *