मोहनविक्रम सिंहको आरोप : एमाले राजा ल्याउने बाटोमा लाग्यो – Nepal Press

मोहनविक्रम सिंहको आरोप : एमाले राजा ल्याउने बाटोमा लाग्यो

रुपन्देही । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्ता साझेदार पाँच दलीय गठबन्धन व्यवस्था जोगाउन र प्रतिगमनलाई परास्त गर्नका लागि भएको बताएका छन् । आगामी सघीय र प्रदेशको निर्वाचनसम्म एक भएर नगए प्रतिगमनलाई परास्त गर्न नसकिने उनले बताएका छन् ।

प्रगतिशील पत्रकार सघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिहले सत्तागठबन्धनमा रहेका दलहरुले हैसियतभन्दा बढी माग गरेका कारण केही समय ढिलाई भएको स्वीकार गरे । व्यवस्था जोगाउनकै लागि आफूहरु एक भएर जाने र आफ्नो दलले बाग्लुङ र प्यूठानमा दावी रहेको उनले बताए ।

स्थानीय निर्वाचनमा आफूहरुले इमान्दारिता प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भने- जनमोर्चा हार्न तयार भयो तर एमालेसंग तालमेल गरेन, तर काँग्रेस माओवादीले ठाउँठाउँमा एमालेसंग तालमेल गरेर बदमासी गरेपनि उनीहरुलाई सच्चाउँदै गठवन्धन बचाउन हाम्रो जोड केन्द्रित छ ।

सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको गम्भीर आरोप लगाउँदै आगामी निर्वाचनबाट एमालेसहितका प्रतिगमनकारीलाई हराउन बलियो र इमान्दारिताको गठबन्धन आवश्यक रहेको बताए ।

हिन्दु राज्यको बाटोमा एमाले हिडेको र हिन्दु राष्ट्रको लागि हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले रहेको बताउँदै सिंहले परिवर्तन जोगाउन जनताले एमालेलाई हराउनुपर्ने तर्क गरेका छन् । सिंहले नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतका विषयमा आफूहरुले सुरुदेखि विरोध गरेको बताउँदै ओली नेतृतवको सरकार अहिलेको सरकारभन्दा बढी मात्रामा नागरिकता, एमसीसी लगायतका विषयमा लागेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर