राजधानीमा निर्माण तीव्र गर्न मुख्यमन्त्रीको निर्देशन – Nepal Press

राजधानीमा निर्माण तीव्र गर्न मुख्यमन्त्रीको निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको गौरवको आयोजनामा रहेको राजधानी निर्माणका लागि सरोकारवालाले छिटोभन्दा छिटो सहयोग गरी पूर्णता दिनका लागि राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका (देउखुरी) दाङले आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित सहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण कार्यक्रममा मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् ।

प्रदेशको राजधानी निर्माण गर्ने विषय संवेदनशील विषय भएकाले प्रदेश सरकारले योजनावद्ध रुपमा लागेको उल्लेख गर्दै उनले भनेः–‘हामीले नेपालका ७ वटा प्रदेशहरुमा नयाँ शहरमा राजधानी बनाउने बनाउँदैछौँ, यसको पहल लिनका लागि स्थानीय सरकारलाई निर्देशन छ, यसलाई तपाईहरुको टिमले पूर्ण जिम्मेवारीका साथ नै भूमिका निर्वाह गर्नुपर्यो ।’ केसीले राजधानी निर्माण, यसका लागि जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभई साझा विषय भएकाले सबैले मिलेर समन्वयका साथ लाग्नका लागि अनुरोध गरे । उनले अब तीव्रगतिमा काम अगाडि बढाउन समितिलाई निर्देशन गरेका छन् ।

सोही कार्यक्रममा जग्गा एकीकरणका लागि कार्यक्रममा एकीकरण कार्यदलका संयोजक श्यामेर चौधरीलाई शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा जग्गा एकीकरण विज्ञ एवं शहरी मन्त्रालयका पूर्व डिजी सुर्यभक्त सांघाछी र जग्गा एकीकरण कार्यदलका सदस्य पदम बैद्धिकले कार्ययोजना प्रस्तुती गरेका थिए ।

प्रदेश पूर्वाधार प्राधिकरणका सिईओ छवि पोखर्रेलले राजधानी निर्माणको कार्यलाई कार्यतालिका बनाएर नै अगाडि बढाइने बताए । कार्यक्रममा राजधानी निर्माणका लागि सो क्षेत्रमा पर्ने तीन पालिकाका १४ वटा वडाका अध्यक्ष तथा सरोकारवाला निकायलाई सहभागी बनाइएको थियो ।

दुई वर्षअघि स्थायी राजधानी घोषणा भएको क्षेत्रमा संरचना नहुँदा अहिलेसम्म बुटवलबाटै काम भइरहेको छ । प्रदेशसभाको अस्थायी भवन बनेपनि अन्य संरचनाको निर्माण थालिएको छैन । राप्ती प्राविधिक विद्यालयका भवनमा मन्त्रालय राख्न खाली खरिएपनि अहिलेसम्म अन्य तयारी नभएकाले रोकिएको छ ।

अस्थायी संरचनामा बुटवलमा रहेका मन्त्रालय मुख्यमन्त्री केसीको दवावमा अस्थायी संरचनामै सार्न खोजिएपनि कर्मचारी, सत्तारुढ दल तथा प्रमुख प्रतिपक्ष एमालेको विरोधका कारण रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर