‘सन्दीप बचाउ अभियान’को अपील : सरकारको मध्यस्थतामा दुवैका परिवारलाई वार्तामा राखियोस् – Nepal Press

‘सन्दीप बचाउ अभियान’को अपील : सरकारको मध्यस्थतामा दुवैका परिवारलाई वार्तामा राखियोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा आवाज उठाइरहेको सन्दीप बचाउ अभियानले आज एक अपील जारी गर्दै सञ्चारमाध्यममा आइरहेका घटना विवरणमा सत्यता नरहेको दाबी गरेको छ । अभियानले सन्दीप र किशोरी दुवैका परिवारलाई वार्तामा राखेर घटनाको सफल अवतरण गर्न सरकारसँग अनुरोधसमेत गरेको छ ।

अभियानका संयोजक मनिष सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेका हुन् । कानून र विधिलाई सबैले सम्मान गर्नैपर्ने भन्दै विज्ञप्तिमा घटनाको समाधानतर्फ आफूहरुले अग्रसरता लिएको उल्लेख छ ।

‘यही घटनाका आधारमा बाहिर आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरु भरिन सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिचालित हुन्छन् ।’

अभियानले नेपाल सरकारलाई यस घटनाको मध्यस्थता गर्दै सबै पार्टीका युवा नेता र राज्य संयन्त्रलाई परिचालित गराई दुवै परिवारलाई वार्तामा राख्न अनुरोध गरेको छ । ‘यसले युवा, खेलक्षेत्र र अन्तर्राष्ट्रिय रुपमा नेपालकै गरीमा बढाई आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन मद्दत पछि गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 


प्रतिक्रिया

One thought on “‘सन्दीप बचाउ अभियान’को अपील : सरकारको मध्यस्थतामा दुवैका परिवारलाई वार्तामा राखियोस्

  1. होइन यो वार्ता के का लागि? सर्वसाधारण जनतालाई एउटा कानुन र कलाकार अनि खेलाडी नेता लाई अर्को कानुन हुन्छ र? अदालत ले फैसला गर्ने हो । यदि सन्दिप निर्दोष नै हुन् भने पनि अदालत ले निर्णय गर्ने हो। प्रहरीमा उजुरी परिसके पछि मेलमिलाप गर्नलाई वार्ता गर्न हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर