एनएमबि बैंकले असोज ८ मा प्लाष्टिकरहित सस्तो बजार आयोजना गर्ने – Nepal Press

एनएमबि बैंकले असोज ८ मा प्लाष्टिकरहित सस्तो बजार आयोजना गर्ने

काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको महान चाँड दसैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो । जसमा ६० भन्दा बढी स्टल रहनेछन् ।

एनएमबि बैंकले आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो । बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर/पोसमार्फत सहूलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ ।

एनएमबि बैंकले यही असोज ८ गते सानेपा हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म सुपथ बजारको आयोजना गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर