काठमाडौं नजाने अडानमा गोविन्द केसी, सैनिक जहाज एक घण्टादेखि कुरेको कुरै – Nepal Press

काठमाडौं नजाने अडानमा गोविन्द केसी, सैनिक जहाज एक घण्टादेखि कुरेको कुरै

कैलाली । ९ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं पठाउन लागिएकोमा उनी नजाने अडानमा बसेका छन् ।

स्वास्थ्य जटिल बन्दै गएपछि चिकित्सले केसीलाई उपचारका लागि काठमाडौं जान सुझाव दिएका थिए । सोहीअनुसार नेपाली सेवाको स्काइ ट्रक धनगढी आइसकेको छ । सैनिक जहाज धनगढी ल्याण्ड भएको एक घण्टा बितिसकेको छ । तर, केसी मानिरहेका छैनन् ।

उनमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएको थियो ।

केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुनसक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर