कमल थापाको निर्देशन- सत्ता गठबन्धनले गरेको राष्ट्रघात र भ्रष्टाचारलाई घरघरमा गएर बताउनुहोस् – Nepal Press

कमल थापाको निर्देशन- सत्ता गठबन्धनले गरेको राष्ट्रघात र भ्रष्टाचारलाई घरघरमा गएर बताउनुहोस्

हेटौँडा । आगामी मंसिरको चुनावलाई केन्द्रित गर्दै गृह जिल्ला मकवानपुरमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई जनताको माझमा जान निर्देशन दिएका छन् । आज हेटौंडाबाटै केन्द्रीय सचिवालयको भर्चुअल बैठक आयोजन गर्दै थापाले सत्ता गठवन्धनले गरेको भ्रष्टाचार तथा राष्ट्रघातको विषयमा जनताको घर–घरमा पुगेर जानकारी दिन आफ्ना नेताहरुलाई निर्देशन दिएका छन् । भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिवर्तन लगायतका विषयलाई जोडतोडका साथ उठाउन उनले आग्रह गरेका छन् ।

निर्वाचनको सन्र्दभमा गृह नगर हेटौँडामा रहेका थापाले राष्ट्रियता कमजोर हुँदै गएको, विदेशी शक्तिहरुको दबाब र प्रभाव बढ्दै गएको अवस्थामा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिएका थिए । मुलुकमा सर्वसत्तावादी चिन्तन र मानसिकता हाबी भएको , गठबन्धनको नाममा सिन्डिकेट खडा गरेको भन्दै थापाले तीव्र आलोचना गरेका छन् ।

बैठकले हेटौँडामा आगामी असोज ७ र ८ गते आयोजना हुने भनिएको राष्ट्रिय सम्मेलनलाई स्थगित गर्ने निर्णय गरेको छ । चुनावमा सबै जिल्लामा केन्द्रति हुनुपर्ने भन्दै राष्ट्रिय भेलालाई स्थगित गरिएको राप्रपा नेपालले जनाएको छ । बैठकले चुनावी माहौल सिर्जना गर्न जिल्ला केन्द्रित हुन सबैलाई आफ्नो(आफ्नो क्षेत्रमा क्रियाशील हुन समेत निर्देशन गरेको छ । बैठकमा केन्द्रीय पदाधिकारीसहित सचिवालय सदस्यहरुको सहभागिता रहेको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर