इरानमा हिजाबविरुद्ध व्यापक प्रदर्शन, प्रहरीले हस्तक्षेप गर्दा ५ जनाको मृत्‍यु (भिडिओ) – Nepal Press

इरानमा हिजाबविरुद्ध व्यापक प्रदर्शन, प्रहरीले हस्तक्षेप गर्दा ५ जनाको मृत्‍यु (भिडिओ)

काठमाडौं । इरानमा महिलाहरुले हिजाब लगाउन पर्ने बाध्यकारी व्यवस्था लागु गर्दै ‘मोरल पोलिसिङ’ गरिएको भन्दै यसका विरुद्धमा प्रदर्शनमा उत्रिएका महिला र प्रहरीबीच झडप हुँदा पाँच जनाको मृत्‍यु भएको छ झण्डै सय जनाको घाइते भएका छन् ।

उक्त प्रदर्शन पश्चिमी इरानको कुर्दिस्तान भन्ने क्षेत्रमा भएको हो । यस ठाउँका नागरिकले उक्त क्षेत्रलाई छुट्टै राष्ट्र घोषणा गरिनु पर्ने मागसमेत राख्दै आएका छन् । हालै मात्र सो क्षेत्रबाट शीर नढाकेको आरोपमा प्रहरीले एक २२ वर्षीया महिलालाई नियन्त्रणमा लिएको थियो ।

उनको गत सेप्टेम्बर १६ मा प्रहरी हिरासतमै मृत्‍युसमेत भएको थियो । उक्त घटनापछि इरानमा ‘मोरल पोलिसिङ’ विरुद्दको आन्दोलन थप व्यापक बन्दै गएको छ ।

हिजाबलाई अनिवार्य नभई वैकल्पिक बनाउन पर्ने उनीहरुको माग छ । इरान प्रजातान्त्रिक मुलुक भनिए तापनि इरानमा सर्वोच्च धार्मिक नेता अयातोल्लाह खामेनीको शाषण चल्छ । प्रदर्शनकारीहरुले उनीविरुद्द नाराबाजी गरेपछि प्रहरीले ‘फायरिङ्ग’ सुरु गरेको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर