सुदूरपश्चिमका बाढीपहिरोमा परेका मृतकका परिवारलाई एक/एक लाख क्षतिपूर्ति दिइने (निर्णयसहित) – Nepal Press

सुदूरपश्चिमका बाढीपहिरोमा परेका मृतकका परिवारलाई एक/एक लाख क्षतिपूर्ति दिइने (निर्णयसहित)

काठमाडौं । सुदूरपश्चिममा बाढी र पहिरोमा परेर मुत्यु भएका परिवारलाई प्रदेश सरकारले एक/एक लाखका रुपैयाँका दरले क्षर्तिपूर्ति दिने निर्णय गरेको छ । प्रदेश विपद् कार्य समितिको सोमबार बसेको बैठकले मृतकका परिवारलाई एक लाख र किरिया खर्चवापत २० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको विपद् कार्य समितिको बैठकले घर क्षति भएका परिवारलाई जनही ५० हजार रुपैँया क्षतिपूर्ति दिने निर्णय पनि गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणवहादुर रावलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पीडितलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि एक करोड रुपैयाँ स्थानीय तहलाई दिइने निर्णयसमेत भएको मन्त्री रावलले बताए ।

यस्तै डेंगीकोसमेत प्रकोप बढेकाले त्यसका लागि १० लाख बराबरको झुल खरिद गर्ने र पीडितलाई राहत दिनका लागि १०/१० लाखको म्याट र त्रिपाल खरिद गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर