प्रतिनिधिसभातर्फ २९ दल र समानुपातिकतर्फ सय दलले पेस गरे समानुपातिकका लागि बन्दसूची (अपडेट) – Nepal Press

प्रतिनिधिसभातर्फ २९ दल र समानुपातिकतर्फ सय दलले पेस गरे समानुपातिकका लागि बन्दसूची (अपडेट)

काठमाडौं । अगाामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलले समानुपातिकतर्फ राति ११ बजेसम्म प्रतिनिधिसभातर्फ २९ दलले बन्दसूची पेस गरेका छन् ।  निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समायवधिको दोस्रो तथा अन्तिम दिन राति ११ बजेसम्म प्रदेशसभातर्फ भने १ सय भन्दा बढी दलले बन्दसूची पेस गरेका छन् ।

निर्वाचन आयोगको परिसरमा बन्द सूची पेश गर्न प्रवेश गरिसकेकाले रातिसम्म पनि पेश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार राति ११ बजेसम्म नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी नेपाल, नागरिक उन्मुक्ती पार्टी, नेकपा माले, विवेकशिल साझा पार्टी लगायतका दलले बन्दसूची पेश गरेका छन् ।

राति ११ बजेसम्म प्रदेश एकमा १६, मधेश प्रदेशमा १६, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १३ दलले बन्दसूची पेश गरेका छन् ।

बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने समानुपातिक तर्फका सहायक निर्वाचन अधिकृतसमेत रहेका सहसचिव यज्ञप्रसाद भट्टराईले नेपाल प्रेससँग बताए । उनका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ । बन्दसूची मिलाउँदा कलस्टरअनुसार नमिलेको मिलाउन पाइने, क्रमसंख्या तलमाथी गर्न पाइने तर, पेश गरेको संख्या भने घटाउन र बढाउन नपाइने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ ७६ दलले निवेदन दर्ता गराएका थिए भने प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ प्रदेश एकमा ६३ दल, मधेश प्रदेशमा ६७ दल, बागमती प्रदेशमा ६६ दल, गण्डकी प्रदेशमा ६० दल, लुम्बिनी प्रदेशमा ६२ दल, कर्णाली प्रदेशमा ५७ दल र सुदुरपश्चिम प्रदेशमा ५८ दलले निवेदन दर्ता गराइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर