नौ सचिव र ५० जनाभन्दा बढी सहसचिवलाई राष्ट्रदीप र जनसेवाश्री मानपदवी (सूचीसहित) – Nepal Press

नौ सचिव र ५० जनाभन्दा बढी सहसचिवलाई राष्ट्रदीप र जनसेवाश्री मानपदवी (सूचीसहित)

काठमाडौं । सरकारले निजामती सेवाका विशिष्ट श्रेणीका नौ जना सचिव र ५० जनाभन्दा बढी प्रथम श्रेणीका सहसचिवलाई राष्ट्रदीप र जनसेवाश्री मानपदवी दिने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा सरकारले ९९८ जनालाई विभूषण दिने घोषणा गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न मानपदवीबाट उनीहरुलाई सम्मान गर्न लागिएको हो ।

मानपदवीअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल, अर्थ मन्त्रालयका अर्थ सचिव कृष्णहरि र नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलाले सुर्कीर्तिमय राष्ट्रदीप मानपदवी पाउनेछन् ।

सुप्रबल जनसेवाश्री पदक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाल, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्याधिवक्ता कृष्णजीवी घिमिरेले पाएका छन् ।

सुप्रवबल जनसेवाश्री विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवलाई प्रदान गरिनेछ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मदन दाहाल, गृह मन्त्रालयका प्रदीपकुमार कोइराला, कोमलबहादुर खत्री, शिवराम पोखरेल र रोशनी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका दीपक शर्मा र कमलप्रसाद पोख्रेल तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नारायणप्रसाद अर्यालले सुप्रवल जनसेवाश्री पदक पाउनेछन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इन्द्रमणि पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका खोमराज कोइराला, लोकसेवा आयोगका प्रेमप्रसाद पौडेल, राष्ट्रपतिको कार्यालयका सागर आचार्य, इन्दिरा दहाल, नेपाल ट्रष्टको कार्यालयका विष्णुराज ढकाल, परराष्ट्र मन्त्रालयका हरिचन्द्र घिमिरेले सुप्रवल जनसेवाश्री मानपदवी पाउनेछन् ।

जनसेवाश्री मानपदवी नै कानून न्याय तथा संसदीय मालिला मन्त्रालयका सहसचिव सुशील कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामाकान्त दुवाडी, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौला, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेल, महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुली, नेत्रकुमार खत्री, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सुपरिन्टेण्डेण्ट इन्जिनियर कैलाकुमार श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

१४ जना प्रमुख जिल्ला अधिकारीलाई पनि जनसेवाश्री

१४ जिल्लाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवस्तरका प्रमुख जिल्ला अधिकारीले पनि जनसेवाश्री मानपदवी प्राप्त गरेका छन् । जसमा भोजपुरका हरिप्रसाद घिमिरे, प्यूठानकी सुनिता नेपाल, कास्कीका टेकबहादुर केसी, गुल्मीका पुण्यविक्रम पौडेल, रोल्पाका नवराज सापकोटा, उदयपुरका जनार्दन गौतम र कपिलवस्तुका धर्मेन्द्र मिश्र रहेका छन् ।

यस्तै सुनसरीका इन्द्रदेव यादव, काभ्रेपलाञ्चेककी हुमकला पाण्डे, दोलखाका भोजराज खतिवडा, मकवानपुरका राजेन्द्रदेव पाण्डे, कैलालीका किरण थापा, रुपन्देहीका भरतमणि पाण्डे, मोरङका काशीराज दाहालले पनि जनसेवाश्री पदक पाएका छन् ।

गृह मन्त्रालय मातहतका तीनसहित विभिन्न ६ वटा विभागका महानिर्देशकलाई पनि जनसेवाश्री मानपदवी दिइने भएको छ । जसमा गृह मातहतको अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारी, कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई रहेका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, ऊर्जा मन्त्रालय मातहतकै जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, राष्ट्रिय योजना आयोग मातहत रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुणामणि पौडेललाई पनि जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।

प्रदेशतर्फका ५ जना प्रदेश सचिवलाई पनि जसेवाश्री मानपदवी प्रदान गरिने भएको छ । जसमा प्रदेश १ को प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरे, कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरबहादुर केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गंगाबहादुर खरेल रहेका छन् ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले मानपदवीबाट सम्मान गर्न लागेको हो । विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित हुनेमध्ये नेपाल रत्नबाट १ जना, राष्ट्र गौरवबाट ३ जना, सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट १ जना, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट १४ जना, सुकीर्तिमय राष्ट्रदीपबाट १७ जना, सुप्रबल जनसेवाश्रीबाट १६५ जना, कीर्तिमय राष्ट्रदीपबाट ६ जना, प्रबल जनसेवाश्रीबाट ३२२ जना, राष्ट्रदीपबाट २ जना र जनसेवाश्रीबाट २०७ जना छन् ।

अलंकारतर्फ राष्ट्र यशोवर्द्धकबाट १०, परम पौरख भास्करबाट २, नेपाल प्रताप सुभूषणबाट ३८, नेपाल सेवा प्रवीणबाट २३, अतिपौरख भाष्करबाट ८, नेपाल प्रताप आभूषणबाट १९, समाजसेवा रत्नबाट ३८, महापौरख भाष्करबाट १८ र नेपाल प्रताप भूषणबाट २३ जना विभूषित भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै राष्ट्रेवा पदक प्रथम श्रेणीबाट ६, शिक्षाज्योतिबाट १८, सगरमाथा पदकबाट १३, सुकीर्ति पदकबाट १२, वीरता पदकबाट ८, सौर्य पदकबाट १, प्राकृतिक प्रकोप पीडितोद्धार पदकबाट ७ र विकास रत्न पदकबाट १६ जना विभूषित भएका छन् ।


प्रतिक्रिया

One thought on “नौ सचिव र ५० जनाभन्दा बढी सहसचिवलाई राष्ट्रदीप र जनसेवाश्री मानपदवी (सूचीसहित)

  1. यी मानपदवी पनि रत्नपार्कको फुटपाथमा बेच्न राखिएको नक्कली पदकभन्दा मुल्यका भएनन । जसलाई पनि बाँडेको छ । पार्टीलाई पैसा देउ मानपदवी थाप । यो धन्दा चलाईरहेको छ ठगबन्धनले । पैसा पाए यिनले देशै बेच्नछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर