नेकपा एसका चार स्थायी कमिटी सदस्य समानुपातिक सूचीमा – Nepal Press

नेकपा एसका चार स्थायी कमिटी सदस्य समानुपातिक सूचीमा

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले तीन पदाधिकारीसहित स्थायी कमिटीका चार सदस्यलाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ ।

उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरी आआफ्नो क्लस्टरबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा समावेश भएका छन् ।

त्यस्तै स्थायी कमिटी सदस्य सिरहाका रामचन्द्र यादव, धनुषाका श्रीप्रसाद साह, काठमाडौंकी सावित्रा भुसाल र नवलपरासीका भविश्वर पराजुली पनि समानुपातिकमा समेटिएका छन् ।

यादव यसअघि एमालेमा सिरहाबाट चुनाव जितेर सामान्य प्रशासनमन्त्री भइसकेका नेता हुन् । त्यस्तै श्रीप्रसाद साह २०७४ मा एमालेबाट मधेसी क्लस्टरको बन्दसूचीमा थिए ।

सावित्रा भुसाल नेकपा एमालेमा एकपटक समानुपातिकबाट सभासद भएकी थिइन् । भविश्वर पराजुलीले माओवादीबाट सशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए ।

उनले गोपाल किराँतीसँगै माओवादीबाट विद्रोह गरी नेकपा एस गठनपछि पार्टी एकता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर