कांग्रेसको घोषणापत्र मस्यौदा समिति सदस्य मनिष झा स्वतन्त्र पार्टीको उम्मेदवार – Nepal Press

कांग्रेसको घोषणापत्र मस्यौदा समिति सदस्य मनिष झा स्वतन्त्र पार्टीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा सदस्य रहिसकेका मनिष झा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाको टिममा रहेर स्थानीय चुनावको घोषणापत्र मस्यौदामा काम गरेका झा स्वतन्त्र पार्टीबाट मधेसी कोटाको पहिलो नम्बरमा बन्द सूचीभित्र बसेका छन् ।

सो पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्टीभित्रबाटै खुला मतदान आह्वान गरेको थियो । कांग्रेसका युवा नेता झा फ्याक्टस नेपालको सिइओ हुन् ।
धनुषा जिल्लाका बासिन्दा झाले कांग्रेस छाडेर स्वतन्त्र पार्टी रोजेका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसको घोषणापत्र मस्यौदा समिति सदस्य मनिष झा स्वतन्त्र पार्टीको उम्मेदवार

  1. काँग्रेसजस्ता देशै बेच्न तयार हुनेलाई सबैले छोडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर