नेपालले झिक्यो अन्तिम अस्त्र : मध्यान्तरपछि साम्बा मैदानमा – Nepal Press

नेपालले झिक्यो अन्तिम अस्त्र : मध्यान्तरपछि साम्बा मैदानमा

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा २ गोलले पछि परेको नेपालले आफ्नो अन्तिम अस्त्रका रुपमा सावित्रा भण्डारीलाई मैदानमा पठाएको छ ।

पूर्ण रुपमा फिट नभएका कारण उनलाई पहिलो प्लेइङ ११ मा समावेश गरिएको थिएन । टिम संकटमा परेपछि सावित्रा मैदानमा उत्रिएकी छन् ।

‘साम्बा’ को उपनामले चिनिने सावित्रा नेपालकी सबैभन्दा सफल महिला फुटबलर हुन् । नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेकी उनी ‘गोल मेसिन’ का रुपमा समेत परिचित छन् ।

अब उनले आफ्नो सबै क्षमता र अनुभव खन्याएर ४५ मिनेटमा ‘चमत्कार’ देखाउन सक्लिन् त ? दशरथ रंगशालामा भरिभराउ र टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेरिरहेका लाखौं दर्शक यही आशामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर