अछामका पहिरो पीडितलाई लायन्स क्लबद्वारा खाद्यान्न सहयोग – Nepal Press

अछामका पहिरो पीडितलाई लायन्स क्लबद्वारा खाद्यान्न सहयोग

कैलाली । अछामका पहिरो पीडितहरूका लागि लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले खाद्यान्न सहयोग गरेको छ । अछाममा शुक्रबार राति परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परेर २२ जनाको मृत्यु भएको थियो ।

यहाँ सबैभन्दा धेरै क्षति कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकाका भएको छ ।

पहिरोले घरबारविहीन भएका र समस्यामा परेकाहरुलाई क्लबले सहयोग गरेको हो । करिब ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष राकेश गुप्ताले जानकारी दिए ।

क्लवले चामल, सोयाबिन, चिउरा, दाल, भुजालगायतका खाद्यान्न कैलाली उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको हो । उद्योग वाणिज्य संघले पनि थप सहयोग जुटाउँदै एकमुस्ट पहिरो पीडितलाई वितरण गरिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *