महिला साफ च्याम्पियनसीप फाइनल सुरु, रंगशाला खचाखच (तस्वीरहरु) – Nepal Press

महिला साफ च्याम्पियनसीप फाइनल सुरु, रंगशाला खचाखच (तस्वीरहरु)

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल म्याच नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा सुरु भएको छ । स्वदेशी टीमको हौसला बढाउन दर्शकहरु रंगशालामा खचाखच भरिएका छन् ।

खेल सुरु हुनुभन्दा दुई घन्टा अगाडिदेखि नै रंगशालामा भीड लाग्न सुरु भएको थियो । १५ हजार दर्शक क्षमताको रंगशालामा भरिभराउ दर्शकहरु अहिले नेपाली टिमको समर्थनमा होहल्ला र नाराबाजी गरिरहेका छन् ।

नेपाल र बंगलादेश दुवै अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन् । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भूटानलाई पराजित गरेका थिए । दुवै देश उच्च आत्मविश्वासमा छन् । जसले जिते पनि साफ च्याम्पियनसीपमा नयाँ इतिहास रचिने निश्चित छ ।

तस्वीरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर