हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स एनपीएसमा आवद्ध – Nepal Press

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स एनपीएसमा आवद्ध

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानी गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको एनपीएससँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।

हाम्रो पात्रो रेमिटको सेटल्मेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ । सो व्यवस्थाअनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

हाम्रो पात्रो रेमिट नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पूर्णतः डिजिटल रेमिटेन्स कम्पनी हो । हाल यसका सेवा अमेरिकाबाट नेपालमा गरिने रेमिटेन्स सञ्चालनमा रहेको छ । चाँडै अन्य देशहरुमा पनि सेवा विस्तार गरिने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रो नेपालको सबैभन्दा बढी डाउनलोड गरिएको एप हो । हाम्रो पात्रोको विस्तारित सेवाको रूपमा हाम्रो पात्रो रेमिटको यस सेवाले लाभग्राहीहरूको खातामा छिटोभन्दा छिटो रकम जम्मा गर्नुका साथै नेपालभित्रको डिजिटल रेमिटेन्सको कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

हाल ५९ सदस्य बैंक वित्तीय संस्था र ७३ भन्दा बढी गैरबैंकिङ संस्था इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । हाल १३ वटा रेमिटेन्स कम्पनीले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकमार्फत एनसीएचएलका भुक्तानी प्रणालीको प्रयोग गरी रेमिटेन्ससम्बन्धी कारोबारहरु गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर