डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ? (भिडिओ) – Nepal Press

डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ? (भिडिओ)

आमचुनावपछि नेकपा एस पहिलो पार्टी हुने दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेले स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एसनिकट समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै आलेले डोटीका कांग्रेसले जिल्लामा गठबन्धन नगर्ने भनेर भेला गरिरहेको बताए ।

आलेले भने- मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने,गठबन्धन चाहिदैन भन्ने कुरा गरिररहेको छ । गठबन्धन नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भनियोस् । होइन भने ७७ जिल्लामै गठबन्धन हुनुपर्छ । हाम्रो पार्टी विद्रोहबाट आएको,स्थानीय चुनावमा ६५ मध्ये १० वडामा मात्र हाम्रा उम्ेमदवार थिए,कांग्रेसले अहिले त्यहि ३ हजार भोट देखाएर हिँडेको छ । त्यसबेला ५५ वडामा हामीले त्यतिकै छाडेका थियौं ।

पूर्वमन्त्री आलेले जिल्लामा एक भोट प्रेम आलेलाई भन्ने जनता रहेको भन्दै स्थानीय चुनावको भोटको अर्थ नहुने बताए । उनले स्थानीय चुनावअघि बालेनको कति भोट थियो ? भन्ने प्रश्न गर्दै अबको चुनावपछि नेकपा एस पहिलो पार्टी बन्ने दावी समेत गरे । उनले डोटीका कांग्रेसको ठूला कुरा सैह्य नहुने बताए ।


प्रतिक्रिया

One thought on “डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ? (भिडिओ)

  1. धेरै राम्रो गठबन्धन होस त ७७ ओटै जिल्लामा हुनुपर्छ हैन भने कतै हुनु हुन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर