सुकीर्तिमय राष्ट्रदीपबाट यी कलाकार सम्मानित – Nepal Press

सुकीर्तिमय राष्ट्रदीपबाट यी कलाकार सम्मानित

काठमाडौं । सरकारले सुकीर्तिमय राष्ट्रदीप मानपदवीबाट विभिन्न कलाकारलाई प्रदान गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा आइतबार सार्वजनिक मानपदवी पाउने कलाकार तथा साहित्यकार, व्यवसायी तथा कर्मचारीको नामावली सार्वजनिक गरेको हो ।

जसमा पहिलो नम्बरमा वरिष्ठ कलाकार नीर शाह, कलाकार राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई सुकीर्तीमय राष्ट्रदीप मानपदवी दिने घोषणा गरेको हो ।

सोही मानपदवी पाउनेमा साहित्यकार गंगाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला), उन्नती बोहरा ‘शिला’, शिक्षासेवी प्रा.श्रीमती भूषण श्रेष्ठ, अवकाशप्राप्त नेपाली सेनाका उपरथी नरबहादुर कँडेल लगायत १७ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर