रहेनन् सेक्सोफोनवादक शुभबहादुर – Nepal Press

रहेनन् सेक्सोफोनवादक शुभबहादुर

काठमाडौं । एक वर्षदेखि मृर्गौलाको समस्याबाट पीडित सेक्सोफोनवादक शुभबहादुर सुनामको ७४ वर्षको उमेरमा निधन भएको छ । पूर्वजर्नेलसमेत रहेका सुनामको आर्मी अस्पतालमा बिहान ४ः४५ मा निधन भएको पारिवारिक स्रोतले बतायो ।

१४ वर्षको उमेरदेखि नै सेक्सोफोन बजाउन थालेका सुनामले ‘लोलाएका आँखा’, ‘रेलीमाइ रेलिमाइ’, ‘फूलैफूलको मौसम तिमीलाई’, ‘हुँ यात्री एउटा’ लगायत दर्जनौं चर्चित गीतहरुमा संगीत भरेका थिए ।

अहिले सुनामको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर