महिला फुटबल टिमलाई भेटेर बालेनले दिए जितको शुभकामना (भिडिओ) – Nepal Press

महिला फुटबल टिमलाई भेटेर बालेनले दिए जितको शुभकामना (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाली महिला फुटबल टिमलाई जितको शुभकामना दिएका छन् ।

सोमबार साँझ हुने फाइनल खेलअघि खेलाडीहरूलाई सुभकामना दिन उनी क्राउन इम्पेरियल होटल पुगेका थिए ।

समूह चरणमा नेपालको भुटानविरूद्धको पहिलो खेल मैदानमै हेरेका बालेनले आज पनि रंगशाला पुगेर ऐतिहासिक जितको साक्षी रहने बताएका छन् ।

‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडि छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरू गर्नेछ भन्ने विश्वास छ । जितको लागि सम्पूर्ण टिमलाई शुभकामना’, भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बालेनले आगामी दिनमा महानगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने साथै खेलाडीहरूको वृत्तिविकासमा जोड दिने पनि आश्वस्त पारे ।

आज साँझ नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर