बिचौलियाले दुःख दिन थालेपछि यातायात विभागको क्यान्टिन भत्काइयो – Nepal Press

बिचौलियाले दुःख दिन थालेपछि यातायात विभागको क्यान्टिन भत्काइयो

काठमाडौं । सेवाग्राहीसँग काम छिटो गरिदिने बहानामा बिचौलियाको चलखेल बढेपछि यातायात व्यवस्था विभागको क्यान्टिन भत्काइएको छ ।

विभागमा काम लिएर आएका सेवाग्राहीसँग क्यान्टिनमा बसेर घुसको ‘डिल’ भएको पाइएको भन्दै विभागले क्यान्टिन भत्काएको हो ।

भदौ २० गते पर्यटन मन्त्रालयबाट विभागको महानिर्देशकका रूपमा आएका डा. टोकराज पाण्डेले बिचौलियले क्यान्टिनमा बसेर सेवाग्राहीलाई दुःख दिएको बताउँदै क्यान्टिन भत्काउन निर्देशन दिएका थिए ।

उनले भने, ‘क्यान्टिनमा बसेर सेवाग्राहीसँग पैसा माग्दै कम छिटो गरिदिने भन्दै चलखेल भइरहेको थियो । अब त्यो क्यान्टिन नै भत्काइएको छ । विभाग सेवाग्राहीलाई छिटो-छरितो सेवामा केन्द्रित भएको छ । यहाँका विकृतिहरू बिस्तारै हट्दै जानेछ । पहिलो चरणमा बिचौलियाका लागि क्यान्टिन भत्काएर बाटो बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर