पशुपति मुरारका र चन्द्र ढकाललाई ‘सुकीर्तिमय राष्ट्रदीप’, यी हुन् पदक पाउने उद्योगी, व्यवसायी र बैंकर – Nepal Press

पशुपति मुरारका र चन्द्र ढकाललाई ‘सुकीर्तिमय राष्ट्रदीप’, यी हुन् पदक पाउने उद्योगी, व्यवसायी र बैंकर

काठमाडौं । सरकारले ‘सुकीर्तिमय राष्ट्रदीप’बाट उद्यमी पशुपति मुरारका र चन्द्रप्रसाद ढकाललाई सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले मुरारका र ढकाललाई उक्त सम्मान प्रदान गर्ने भएको हो ।

मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य हुन् । ढकाल महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष हुन् ।

संविधान दिवसको अवसर पारेर सरकारले मुरारका र ढकालसँगै उद्योग, व्यवसाय र बैंकिङ क्षेत्रमा योगदान दिएकाहरुलाई विभिन्न पदकबाट विभूषित गरेको छ ।

सरकारले स्वर्गीय उद्योगी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । बालकृष्ण भुसाल, प्रताप जङ्ग पाण्डे, डा. सुबोधकुमार गुप्ता, सुरकृष्ण वैद्य पनि प्रबल जनसेवाश्री पदकबाट विभूषित हुनेछन् ।

शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, कुशकुमार जोशी, कुशुम लामा र राजेशकुमार अग्रवाल सुप्रबल जनसेवाश्री पदबाट विभूषित हुनेछन् ।

बैकिङको क्षेत्रबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनएमबी बैंकका सीईओ सुनिल केसी सुप्रवल जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् ।

होटल तथा पर्यटन क्षेत्रका व्यवसायी रामबहादुर कोइरी, खुमबहादुर सुवेदी, राम थापा, मुरलीधर रंगटा, श्रेणीगोपाल मुन्दडा, मेरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा, सृजना राणासमेत यही पदकबाट विभूषित हुनेछन् ।

सरकारले सोमबार ९९८ जना विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर