राष्ट्रपति कार्यालयले पनि दिएन राणालाई प्रधानन्याधीशको मान्यता, संविधान दिवसको कार्यक्रममा दीपकलाई निम्तो – Nepal Press

राष्ट्रपति कार्यालयले पनि दिएन राणालाई प्रधानन्याधीशको मान्यता, संविधान दिवसको कार्यक्रममा दीपकलाई निम्तो

काठमाडौं । संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सहभागिता नरहने भएको छ । उनले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफ्नो निलम्बन स्वतः फुकुवा भएको निष्कर्ष निकाले पनि राष्ट्रपति कार्यालयले भने उनलाई ‘प्रधानन्यायाधीश’ को हैसियत नदिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधान दिवसको कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई निम्तो गरिएको बताए ।

‘राणा हाल निलम्बनकै अवस्थामा रहनुभएकाले उहाँलाई खबर गरिएको छैन,’ उनले भने ।

निलम्बित प्रधानन्यायाधीश राणा अहिले बालुवाटारस्थित सरकारी निवासमा नै छन् । यद्यपि, उनको पीएसओ र गाडी भने सरकारले खोसेको छ । अस्तिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि दायर भएको महाअभियोग निस्क्रिय भएको निष्कर्षसहित राणा हिजो सर्वोच्च फर्किने तयारी गरेका थिए । तर, सुरक्षा निकायले उनलाई निवासमै घेराउ गरेर बाहिर निस्किन दिएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने चोलेन्द्रको निस्कर्षमा ‘सहमत’ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सञ्चारकर्मीहरुसँग गठवन्धन सरकारले नै प्रक्रियामा ढिलाइ गरेर चोलेन्द्रलाई सफाइ दिएको बताएका थिए ।

राणाको कार्यकाल आगामी मंसिरसम्म छ । त्योभन्दा अगाडि नै कामु प्रधानन्यायधीश कार्की रिटायर्ड हुँदैछन् । राणाले अवकास पाउने बेलासम्मका लागि फेरि अर्को कामु प्रधानन्यायाधीश तोक्नुपर्ने अवस्था छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रपति कार्यालयले पनि दिएन राणालाई प्रधानन्याधीशको मान्यता, संविधान दिवसको कार्यक्रममा दीपकलाई निम्तो

  1. राष्ट्रपति कार्यालय छुट्टै मान्यता दिन सक्ने निकाय होईन । त्यसैले त नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ ता कि सँसद किन्ने देउवा र चाहारी चाहारी खाने प्रचण्ड तह लाग्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर