संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान (सूचीसहित) – Nepal Press

संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान (सूचीसहित)

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट ९९८ जनालाई सम्मानित गरेकी छन् ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित हुनेमध्ये नेपाल रत्नबाट १ जना, राष्ट्र गौरवबाट ३ जना, स्रप्रसिद्ध प्रबल जनसेवाश्रीबाट १, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट १४, सुकीर्तिमय राष्ट्रदीपबाट १७, सुप्रबल जनसेवाश्रीबाट १६५, कीर्तिमय राष्ट्रदीपबाट ६, प्रबल जनसेवाश्रीबाट ३२२, राष्ट्रदीपबाट २ र जनसेवाश्रीबाट २०७ जना छन् ।

अलंकारतर्फ राष्ट्र यशोवर्द्धकबाट १०, परम पौरख भास्करबाट २, नेपाल प्रताप सुभूषणबाट ३८, नेपाल सेवा प्रवीणबाट २३, अतिपौरख भाष्करबाट ८, नेपाल प्रताप आभूषणबाट १९, समाजसेवा रत्नबाट ३८, महापौरख भाष्करबाट १८ र नेपाल प्रताप भूषणबाट २३ जना विभूषित भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रेवा पदक प्रथम श्रेणीबाट ६, शिक्षाज्योतिबाट १८, सगरमाथा पदकबाट १३, सुकीर्ति पदकबाट १२, वीरता पदकबाट ८, सौर्य पदकबाट १, प्राकृतिक प्रकोप पीडितोद्धार पदकबाट ७ र विकास रत्न पदकबाट १६ जना विभूषित भएका छन् ।

विभूषित भएकाहरूको सूची यसप्रकार छ –


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *