प्रतिनिधिसभातर्फ २ दल र प्रदेशसभातर्फ ३ दलले पेस गरे समानुपातिकका लागि बन्दसूची – Nepal Press

प्रतिनिधिसभातर्फ २ दल र प्रदेशसभातर्फ ३ दलले पेस गरे समानुपातिकका लागि बन्दसूची

काठमाडौं । अगाामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलहरुले समानुपातिकतर्फ बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समायवधिको पहिलो दिन आज प्रतिनिधिसभातर्फ दुई दलले र प्रदेशसभातर्फ ३ दलले बन्दसूची पेस गरेका छन् ।

प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेश गरेको समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रदेशसभामा समानुपातिकतर्फ प्रदेश एकमा किरात खब्बुवान साँझा पार्टी, मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र बागमती प्रदेशमा ताम्सालिङ लोकतान्त्रीक पार्टीले बन्दसूची पेस गरेका छन् ।

बन्दसूची पेश गर्ने कार्य सोमबार पनि जारी रहनेछ । सम्भवत बाँकी रहेका सबै दलले सोमबार बन्दसूची पेस गरिसक्नेछन् । बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने सहायक निर्वाचन अधिकृत भट्टराईले बताए । उनका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ ।

बन्दसूची मिलाउँदा कलस्टरअनुसार नमिलेको मिलाउन पाइने, क्रमसंख्या तलमाथी गर्न पाइने तर, पेश गरेको संख्या भने घटाउन र बढाउन नपाइने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ ७६ दलले निवेदन दर्ता गराएका थिए भने प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ प्रदेश एकमा ६३ दल, मधेश प्रदेशमा ६७ दल, बागमती प्रदेशमा ६६ दल, गण्डकी प्रदेशमा ६० दल, लुम्बिनी प्रदेशमा ६२ दल, कर्णाली प्रदेशमा ५७ दल र सुदुरपश्चिम प्रदेशमा ५८ दलले निवेदन दर्ता गराइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर