निवासबाट निस्केर प्रधानन्याधीश राणाकी छोरीले भनिन् : हामीमाथि अत्याचार भयो, जनताको साथ चाहियो – Nepal Press

निवासबाट निस्केर प्रधानन्याधीश राणाकी छोरीले भनिन् : हामीमाथि अत्याचार भयो, जनताको साथ चाहियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधी राणाले आफूहरुलाई नजरबन्दमा राखिएको बताएकी छिन् । उनले नेपाली जनतासँग आफ्नो परिवारको उद्दारका निम्ति अपिलसमेत गरेकी छन् ।

आइतबार बेलुकी बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले सञ्चारकर्मीसँग केहीबेर कुरा गरेकी थिइन् । उनले अहिलेको गठवन्धन सरकारले आफूहरुमाथि अन्याय र अत्याचार गरेको बताइन् । घरमा काम गर्ने व्यक्ति बाहिर आउँदा समेत पक्रेर राखिएको उनको भनाइ छ ।

‘परिवारमा भित्र-बाहिर हिँड्दा पनि सोधखोज गर्ने, गाडी खोलेर हेर्ने गरिएको छ । ठूलो अपराध गरेको, मान्छे मारेर लुकाएको जस्तो व्यवहार प्रहरीले गरिरहेको छ,’ सुनिधिले भनिन् ।

उनले नेपाली जनताले के सही र गलत भनेर छुट्याएर आफूहरुलाई न्याय दिन आग्रह गरिन् । ‘देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि हामीलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिनुपर्यो,’ उनले भनिन् । बुवाको स्वास्थ्य स्थिति पनि केही खराब भएको र आफूहरुबीच छलफल नभएको उनले बताइन् ।

‘बाहिरबाट भित्र जान दिइएको छैन, भित्रबाट बाहिर आउन पनि दिइरहेको छैन,’ उनले भनिन्, ‘उहाँहरुलार्ई डर केको हो भन्ने पनि बुझिरहेका छैनौं । आफ्नो अपराध लुकाउनका लागि उहाँलाई दमन गरेर राख्न खोजिएको हो भने रिजल्ट पनि छिट्टै पाउनुहुन्छ ।’
उनले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरी परिचालन गरिएको बताइन् ।

‘हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ भन्ने कुरा बुझ्न सकेका छैनौं,’ उनले भनिन् । उनले मिडियालाई पनि भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरिन् । उनले नेपाल बारप्रति आक्रोश प्रकट गर्दै कालोकोट लगाएर हिँडेको मान्छे देख्दा पनि नराम्रो लाग्न थालेको बताइन् ।

सुनिधिको भनाइको पूरा अंश:

बुवा १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनुभयो । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिइराख्नुभएको छैन । सञ्चो छैन, औषधिहरु लिन जानु पर्‍याे । बच्चाहरुलाई लिन जानुपर्छ, । एकजनाले बच्चा लिएर आउँदा उहाँलाई पनि समातेर लगेर थुनिदिए । हामीले पनि बाँच्न पाउनु पर्‍याे नि । एकदमै अराजकताको पनि पराकाष्टा भयो ।

अब के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई लाज, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा नेपाली जनताले बुझिदिनु पर्‍याे । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आइदिनुपर्‍याे ।

हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । बाहिर निस्कन र भित्र जान सक्ने हाम्रो कन्डिसन छैन । उहाँहरुले पावर देखाएर हामीलाई यस्तो गरिराख्नु भएको छ । एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो हातखुट्टा नै बाँधिराखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिन्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के गलत हो, छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आई दिनु पर्‍याे । अब घरमा बसेर, सोसल मिडिया हेरेर, म्यासेन्जरमा स्क्रोल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नु पर्‍याे ।’

 


प्रतिक्रिया

3 thoughts on “निवासबाट निस्केर प्रधानन्याधीश राणाकी छोरीले भनिन् : हामीमाथि अत्याचार भयो, जनताको साथ चाहियो

  1. सर्वोच्चका बहालवाला न्यायाधिशहरू यसरी चारैतिरबाट दलालहरू र गुण्डाहरूले आक्रमण गर्दा बोल्नुपर्दैन ? भोलि तिमीहरूलाई पनि यी गुण्डाहरूले आक्रमण् गर्दा अरूले बोलेनन भनेर रूँदै सडकमा आयौ भने जनताले भन्नेछन गुण्डाहरूका मतियारको दुर्दशा यस्तै हुन्छ ।

  2. शाहि शासनको जस्तै ठगबन्दन शाशनको अराजकता हो यो यो प्रचणडे, माकुने शेरे रामे उपेन्द्रे बाबुरामे र चित्रे जो ज्ञानेन्द्र पथमा हिंडिरहेका प्रतिगमनकारि सेरेका मतियारहरुका कुकर्म लुकाउने अपराधि तथा भ्रष्ट कार्य हो यसमा कालो कोट लगाउने केहि अपराधि मनोव्रित्तिका वकिलहरू संलग्न छन्. सोह्र सरादको यो पित्रि पक्षमा पित्रिहरुको सराप पनि यिनलाइ लाग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर