नेपाल नफर्किएपछि सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी – Nepal Press

नेपाल नफर्किएपछि सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।

‘ इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको छ’, आईजीपी सिंहले नेपाल प्रेससँग भने ।

१३ दिनअघि एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै आइपुगेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर