एमाले सचिवालय बैठक जारी, समानुपातिकको बन्दसूचीमा छलफल – Nepal Press

एमाले सचिवालय बैठक जारी, समानुपातिकको बन्दसूचीमा छलफल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा समानुपातिकतर्फको उम्मेदवारबारे छलफल भइरहेको छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधार तय गरी संघतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार सचिवालयले टुंग्याउनेछ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट आजबाट सुरू भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगको कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर