चोलेन्द्रलाई ‘नजरबन्द’ मा राखिएपछि मानव अधिकार आयोगको टोली प्रधानन्यायाधीश निवासमा – Nepal Press

चोलेन्द्रलाई ‘नजरबन्द’ मा राखिएपछि मानव अधिकार आयोगको टोली प्रधानन्यायाधीश निवासमा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमा पुगेको छ ।

जबराले आफूलाई गेटमा प्रहरी परिचालन गरेर बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवास पुगेको हो ।

‘प्रधानन्यायाधीशलाई बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।

तर, सरकारले भने उनलाई काममा फर्किन नदिन सर्वोच्च परिसर र निवास आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । जबरालाई अघोषित नजरबन्दमा राखेर माथिको आदेशमा प्रहरीले निवास ओहोरदोहोर गर्ने हरेक गाडीमा निगरानी बढाएको छ ।

प्रहरीले भने सम्भावित झडपलाई ध्यानमा दिएर निवासमा सुरक्षा दिइएको दाबी गरेको छ ।


प्रतिक्रिया

One thought on “चोलेन्द्रलाई ‘नजरबन्द’ मा राखिएपछि मानव अधिकार आयोगको टोली प्रधानन्यायाधीश निवासमा

  1. नेपालमा मानव अधिकार आयोग नामको कुनै निकाय छ भने गुण्डाहरूको सरकार बर्खास्त गर्न निर्देशन देउ । गुण्डाराज चल्यो देशमा ।पूर्णमानले एनसेलको अन्तर्राष्ट्रिय अदालतमा चलेको मुद्दामा नेपाललाई हराउन महाअभियोगमा एनसेल मुद्दको फैसलाको बुँदा घुसाउन लगाए । त्यो बापत दलालहरूलाई एनसेलले कति पैसा दियो छानबिन गर । यदि यो मुद्दामा नेपालले हारेर ६२ अर्ब तिर्न परेमा जनताले यसका मतियारहरूलाई राम्रै सबक सिकाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर