सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’ – Nepal Press

सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’

काठमाडौं । ‘निलम्बित’ प्रधानन्यायाशीध चोलेन्द्रशम्शेर राणालाई बालुवाटारस्थित निवासमै अघोषित नजरबन्द गरिएको छ । आज सर्वोच्च अदालत जाने तयारी गरेकाले उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन निषेध गरेको स्रोतले बतायो । चोलेन्द्र निस्कने गेटैमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए ।

सर्वोच्चमा पनि उनलाई रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ । तर, माथिको आदेशमा उनलाई बालुवाटारस्थित प्रधानन्यायाधीशस्थित निवासमै रोक लगाइएको हो ।

तस्बिरहरू : उमेश कार्कि । 


प्रतिक्रिया

One thought on “सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’

  1. थुक्क नालायक हरु हो हेर तमासा एउटा कानुन सम्बन्धि जान्ने वकिल को पछाडी लागेका न्याय हरायको मेरो नेपाल आमा प्रहरी ले पनि किन् हाेला कुरा n बुझेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर