सर्वोच्चमा रमिता, राणालाई छिर्न नदिन प्रहरी परिचालन (तस्बिरहरु) – Nepal Press

सर्वोच्चमा रमिता, राणालाई छिर्न नदिन प्रहरी परिचालन (तस्बिरहरु)

काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वाेच्च अदालत फर्किन लागेका छन् ।

राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।

राणा अदालत आएमा के हुन्छ ? अहिले सर्वाेच्च परिसरमा रमिता चलिरहेको छ । यहाँ के हुन्छ भनेर सर्वसाधारण रमिते भएर वारीपारी बसेर हेरिरहेका छन् ।


प्रतिक्रिया

4 thoughts on “सर्वोच्चमा रमिता, राणालाई छिर्न नदिन प्रहरी परिचालन (तस्बिरहरु)

  1. नालायक राज्य संचालकहरू ,महाअभियाेग प्रस्ताव निष्क्रिय भए पछि त स्वत: सर्वाेच्चमा बहाली हुंन पाउने अधिकार चाेलेन्द्र शमशेर राणामा हुंन्छ,याे न्यायकाे सिद्धान्त हाे ।

  2. यो देशमा कानुन भन्ने केही छ अपराधी पार्टीका झोले र ठेउका म यो पदमा स्वतन्त्र वा अभियान्ता भनाउदा हो यसको विरोध गर हो खराब नै भए पछि कारबाही गर्दा हुुन्छ होला नि चोलेन्द्र शमशेर जवरालाई न्यायालयलाई किन यसो गर्दैछन् बल्ल थाहा भयो होला बिदेशी दलालहरूले देशलाई कतातिर लग्दैछनन्।

  3. यो सरकार अब यो भन्दा कति पतीत हुने होला? यो सरकार हो कि डाँका हरुको अड्डा? नियम कानुन खोइ? यसै गरेर हो सरकार चलाउने? ओलि लाइ पनि कानुन मिचेर जबर्जति हो सत्ता बाट हटाएको। भोलि उ पनि जबर्जस्ति प्रधान मन्तृ को अफिस भोत्र पसेर कुर्सि मा बस्ने दिन पनि आउछ कि क्याहो?

  4. कानूनी प्रकृयाबाट थर थर कामेको ठग बन्धन परमादेशी सरकारले देनिया हसाउँदै छ । कानून कार्यान्वयन र सरंक्षण गर्ने अङ्गबाट नै कानूनको उपहास भएपछि अब जनताको निर्णय बाहेक अर्को कुनै विकल्प छैन । यसको लागि मंसीर ४ गते नै जनता सचेत र सक्रिय बन्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर