चोलेन्द्रमाथि महाअभियोग लगाउन एमाले र लोसपा असहमत – Nepal Press

चोलेन्द्रमाथि महाअभियोग लगाउन एमाले र लोसपा असहमत

काठमाडौं । महाअभियोग सिफारिस समितिले तयार पारेकाे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फरक मत राखेका छन् ।

११ सदस्यीय समितिमा ६ जना महाअभियोगको पक्षमा रहेका छन् भने ५ जना विपक्षमा रहेका छन् । प्रतिवेदनको अन्तिम निष्कर्षमा एमाले र लोसपाका सदस्यहरुले महाअभियोगका लागि प्रमाण नपुग्ने भन्दै फरक मत राखेका हुन् ।

समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा एक मत हुन नसकेकोबारे जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर