एनआरएनए बेलायतले कुल आचार्यलाई साधारण सदस्यबाट हटायो – Nepal Press

एनआरएनए बेलायतले कुल आचार्यलाई साधारण सदस्यबाट हटायो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) आईसीसीका वर्तमान अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नेपाली संघ बेलायतले साधारण सदस्यबाट हटाएको छ । संघको बिहीबारको आकस्मिक भेलाले आचार्यलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

एनआरएनए बेलायतका अध्यक्ष भइसकेका आचार्य हाल पञ्जिकृत सदस्यसमेत रहेका थिए । १०औं केन्द्रीय महाधिवेशनबाट दुई समूहमा विभाजन भएको एनआरएन आईसीसीको एक गुटबाट आचार्य ६ महिने अध्यक्ष बनेका थिए । तीनजना अध्यक्षमध्ये एक उनको कार्यकाल आउँदो १ अक्टोबरबाट सकिँदैछ ।

प्रक्रियाविना निर्वाचित अध्यक्षलाई पदमुक्त गरेको पत्र पठाएर मानहानी गर्दै भ्रम फैलाएकाले आचार्यलाई च्यारिटी कमिशन र एनआरएनए यूकेको विधान धारा ४१ अनुसार साधारण सदस्य पनि नरहने गरी हटाइएको एनआरएनए यूकेका प्रवक्ता भरतमणि चोङबाङले बताए ।

कार्यकाल सकिनुअघि नै एनआरएनए एनसीसी बेलायतका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त भएको भन्ने आईसीसीले पत्र पठाएपछि आचार्य विवादित बनेका हुन् ।

पूर्वाग्रह साँधेर एनआरएनए फुटाउने गतिविधिमा सामेल भएको यहाँ गरिएको भेलाले निष्कर्ष निकालेको छ । सीमित व्यक्तिको कुरा सुनेर गैरजिम्मेवार काम गरेकोले आचार्यकै कारण एनआरएनए बेलायतमा विवाद बढेको चोङाबङले बताए ।


प्रतिक्रिया

One thought on “एनआरएनए बेलायतले कुल आचार्यलाई साधारण सदस्यबाट हटायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर