जबरामाथि निष्कर्ष लेख्ने जिम्मा सभापतिलाई, सबैकाे एकमत भए पारित गर्ने तयारी – Nepal Press

जबरामाथि निष्कर्ष लेख्ने जिम्मा सभापतिलाई, सबैकाे एकमत भए पारित गर्ने तयारी

काठमाडौं । महाभियोग सिफारिस समिति बैठकले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाको बयानका आधारमा प्रतिवेदन तयार पारेको छ ।

२८० पृष्ठको प्रतिवदेन बुझाउने विषयमा समितिमा सबैको एक मत रहेको छ । प्रतिवेदनको अन्तिम निष्कर्ष निकाल्न भने समितिका सभापतिलाई जिम्मा दिइएको छ । त्यसमा एक मत भए पारित गर्ने फरक मत भए थप छलफल गरिने एक सदस्यले जानकारी दिए । शनिबार बिहान मिन बहादुर विश्वकर्माले प्रतिवेदन पारित भएपछि आजै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइने जनाएका थिए ।

बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । यसअघि समितिले विभिन्न चरणमा राणा तथा उनले मुछेका वकिलहरुसँग बयान लिएको थियो । त्यस्तै, बयानमा समितिले चोलेन्द्रलाई हस्ताक्षरसमेत गराइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर