विद्रोहको तयारी गर्दै डोटी कांग्रेस, संस्थागत निर्णय गर्न बैठक डाकियो – Nepal Press

विद्रोहको तयारी गर्दै डोटी कांग्रेस, संस्थागत निर्णय गर्न बैठक डाकियो

काठमाडौं । डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ । यसका लागि काठमाडौंमा पार्टीको जिल्ला कार्यसमितिको आधिकारी बैठक डाकिएको छ ।

जिल्ला कार्यसमितिले नै भोलि बिहान कोटेश्वरस्थित सेवन्तिका होटलमा बैठक बोलाएको छ । जसमा जिल्लाका शीर्ष नेतादेखि उपलब्ध सबै पार्टी नेताकार्यकर्ता, शुभेच्छुक र भातृसंगठनहरूलाई डाकिएको जिल्ला कार्यसमितिका सचिव गणेश खड्काले बताए ।
जसका लागि जिल्लाका सबै तहका जनप्रतिनिधिहरू समेत आकस्मिक रुपमा काठमाडौं डाकिएको छ । भोलिको बैठकले सम्भवतः एकीकृत रुपमा सिङ्गो जिल्लाबाटै विद्रोहको निर्णय गर्ने स्रोतको दाबी छ ।

स्थानीय तहको नतिजाअनुसार कांग्रेसको देशभरकै नम्बर १ जिल्ला हुँदाहुँदै गठबन्धनका नाममा प्रतिनिधिसभाको सीट अरुलाई दिन लागिएको भन्दै डोटी कांग्रेसले विद्रोहको तयारी गरेको एक नेताले बताए ।

केहीदिनअघि जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलगायतको टोली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएको थियो । जहाँ पुग्दा सुखद संकेत नपाइएको भन्दै विद्रोहको तयारीका लागि जिल्लाबाट प्रभावशाली नेताहरू राजधानी बोलाइएको थियो ।

स्रोतका अनुसार गठबन्धनका प्रतिनिधिसभा नेकपा एसका प्रेम आलेलाई र प्रदेशसभाको ‘ख’ क्षेत्र माओवादी केन्द्र त्रिलोचन भट्टलाई दिन लागिएको छ । बाँकी रहेको प्रदेश सभाको ‘क’ निर्वाचन क्षेत्रमात्रै कांग्रेसको भागमा पर्नसक्ने देखिएको छ ।

यही संकेत पाएपछि डोटी कांग्रेसका नेताहरू आक्रोशित भएका हुन् । पार्टीभित्रका सामान्य बिबादलाई हवाला दिँदै गठबन्धन लाद्ने काम भए डोटी कांग्रेस एकढिक्का भएर संस्थागत ढंगबाटै विद्रोहमा जाने जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर