अछाम घटनाप्रति प्रधानमन्त्री देउवा र ओलीद्वारा दुःख व्यक्त – Nepal Press

अछाम घटनाप्रति प्रधानमन्त्री देउवा र ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । अछामको पहिरो घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दुबै शीर्ष नेताले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट घटनामा पीडित भएका परिवारलाई राहत, उद्धार, पुनःस्थापनाका विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भने एमाले अध्यक्ष ओलीले सरकारले घटनालाई गम्भिर रुपमा लिएर सरकारले काम गर्नुपर्ने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर