प्रधानमन्त्री देउवाले हाँस्दै भने- यो संसद नै परमादेशको हो, जसले फेरि भेट्ने मौका दिएको छ (भिडिओ) – Nepal Press

प्रधानमन्त्री देउवाले हाँस्दै भने- यो संसद नै परमादेशको हो, जसले फेरि भेट्ने मौका दिएको छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चालू प्रतिनिधिसभा नै परमादेशबाट आएको बताएका छन् । आज चलिरहेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भनिरहनुहुन्छ,’ एमाले अध्यक्ष ओलीतिर हेरेर हाँस्दै उनले भने,‘यो संसदै परमादेशको हो, उहाँहरू परमादेशबाटै आएर हामीसँग सहकार्य गरेर बसिरहनुभएको छ । त्यसकारणले परमादेश नआएको भए उहाँ र हामी यसरी सहकार्य गरेर सँगै काम गर्न पाउने थिएनौं ।’

परमादेशले संसदमा फेरी भेट गर्न मौका दिएको उनले बताए । ‘परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसकारणले पनि मैले न्यायालयले पनि न्याय गरेको महशुस गरेको छु,’ उनले भने ।

यो अभिव्यक्ति दिनुअघि उनले संसद बिघटनको विषयलाई उठाएका थिए । उनले भनेका थिए, ‘यसैअवधि निर्वाचित संसदले २ २ पटक समस्या भोग्नुप¥यो । जनताका अधिकार सुनिश्चित गर्न, जनताले संघर्ष गरी ल्याएको संविधानको रक्षा गर्न राजनीतिक दलबीच सहकार्य र संघर्षगरी संविधान बमोजित चलाउने पद्धति बस्यो ।’

यस्तै वर्तमान सरकारले तीन तहकै निर्वाचन गर्ने सुअवसर पाएकोमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर