विज्ञान र प्रविधि क्षेत्रको विकासमा सरकार प्रयत्नशीलः प्रधानमन्त्री देउवा – Nepal Press

विज्ञान र प्रविधि क्षेत्रको विकासमा सरकार प्रयत्नशीलः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताएका छन् ।
१० औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा लगानी बढाउँदै प्राज्ञ, वैज्ञानिक र विद्यार्थी र अनुसन्धानकर्तालाई प्रोत्साहन गरी राष्ट्रको समग्र विकासमा परिचालन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘यसमा राज्यको एक्लो प्रयासले मात्र पर्याप्त नहुने हुँदा म नीजि र गैह्र सरकारी क्षेत्रको सहयोग, सहकार्य र साझेदारीका लागि समेत आह्वान गर्न चाहन्छु ।’

यस्तै नेपालका परम्परागत ज्ञान, सीप र प्रविधिलाई समयानुकुल परिमार्जन गरेर स्तरोन्नती र आधुनिकीकरण गर्नसके देश विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । ‘हाम्रा विशिष्ठ परम्परागत ज्ञान सीप र प्रबिधिलाई समयानुकुल परिमार्जन, स्तरोन्नती र आधुनिकिकरण गर्दै समाजको बद्लिदो आवश्यकतालाई मध्येनजर गर्दै अघि बढ्न आवश्यक छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर