रानीको ‘म गुनासो के को गरुँ’मा धिरेन र उषाको बियोग – Nepal Press

रानीको ‘म गुनासो के को गरुँ’मा धिरेन र उषाको बियोग

काठमाडौं । गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ ।

गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।

गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर