प्रधानन्यायाधीश जबराको पुरक बयान सकियो, आजै प्रतिवेदन संसद सचिवालयमा दर्ता हुने – Nepal Press

प्रधानन्यायाधीश जबराको पुरक बयान सकियो, आजै प्रतिवेदन संसद सचिवालयमा दर्ता हुने

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिइरहेको पुरक बयान सकिएको छ । बयानको लिखित प्रतिमा हस्ताक्षरसहित लिइएको पुरक बयान अहिले बिहान सकिएको हो ।

हिजोदेखि सुरू भएको यो प्रक्रियामा समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर जबराको बयान १७४ पेज तयार भएको थियो ।
जसलाई निलम्बित प्रधानन्यायाधीश जबरालाई पढेर सुनाउँदै एकएक पानामा हस्ताक्षर गर्न लगाएको थियो । हिजोसम्ममा ६५ पेजसम्म हस्ताक्षर लिइएकोमा आज बाँकी १०९ पाना पढेर सुनाउँदै हस्ताक्षर लिइएको छ ।

शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउन थालिएको थियो ।

हस्ताक्षरसहित पुरक बयान सकिएसँगै समितिले आजै दिउँसो ३ बजे बैठक बसेर प्रतिवेदन संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।
‘आज प्रतिवेदन निर्णयार्थ संसद सचिवालयमा दर्ता गर्छौ,’ समितिका सदस्य कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले भने,‘त्यसपछि त्यो संसदको जिम्मेवारीको कुरा बन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर