अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट) – Nepal Press

अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)

काठमाडौं । अछामका विभिन्न ठाउँमा पहिरो जादाँ अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार गाउँपालिकाका ४ ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको हो भने ६ जना बेपत्ता तथा ११ जना घाइतेको उद्धार भइसकेको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार जिल्लाको कमलबजार नगरापलिका वडा नम्बर ६ मा गएको पहिरोमा परेर ७ जना, कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा गएको पहिरोमा परेर ५ जना, तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ५ मा गएको पहिरोमा परेर ४ जना र ढकारी गाँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा परेर १ जनाको मृत्यु भएको छ ।

तुर्माखाद गाउँपालिकाका वडा नम्बर ५ मा गएको पहिरोमा ५ जना र ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोमा एक जना गरेर जम्मा ६ जना अझै बेपत्ता रहेका निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ६ मा गएको पहिरोबाट ७ जना घाइतेको उद्धार भएको छ भने सोहि नगरपालिकाको वडा नम्बर ८ मा गएको पहिरोबाट पनि एक जना घाइतको उद्धार भएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोबाट पनि ३ जनाको उद्धार भएको छ । तीन वटै स्थानीय तहका ४ ठाउँमा गएको पहिरोमा परेर जम्मा ३४ जना प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *