५० वर्षअघिको फोटो राख्दै रामचन्द्रले भने- काठमाडौंका मेयरलाई पूर्ण समर्थन छ – Nepal Press

५० वर्षअघिको फोटो राख्दै रामचन्द्रले भने- काठमाडौंका मेयरलाई पूर्ण समर्थन छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका मेयरले बालेन्द्र साहले थालेको संरक्षण अभियान स्वागतयोग्य रहेको बताएका छन् ।

फेसबुकमा आज काठमाडौंको ५० वर्ष पुरानो एक तस्बिर पोष्ट गर्दै उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु कर्तव्य रहेको उल्लेख गर्दै बालेनको कदममा आफ्नो पूर्ण सहयोग रहेको बताएका हुन् ।

‘५० वर्ष भन्दा पुरानो यो फोटोमा देखिए जस्ता कैयौं सार्वजनिक एतिहासिक पोखरी÷पाटी वा पौवा अतिक्रमणमा परेका छन् । एतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो,’ उनले लेखेका छन्, ‘काठमाडौंका मेयरले थालेको संरक्षण अभियान स्वागतयोग्य छ र यसमा मेरो पुर्ण सहयोग छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर