चुनावको टिकटका लागि रणनीति निर्माण गर्दै शेखर समूह – Nepal Press

चुनावको टिकटका लागि रणनीति निर्माण गर्दै शेखर समूह

काठमाडौं । समानुपातिकको बन्द सूचि बुझाउँन दलहरू तीब्रत्तर गृहकार्यमा जुटिरहँदा नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक बसिरहेको छ । बिहान ८ बजेदेखि ठमेलको एक होटलमा समूहका शीर्ष र प्रभावशाली नेताहरू बैठक बसिरहेको उक्त समूहका एक नेताले बताए ।

सत्तारूढ दलको सीट बाँडफाँटमा आफ्नो समूहका नेताहरू टिकट पाउने क्षेत्रमा गठबन्धनका अन्य दललाई दिनसक्ने खतरा शेखर समूहले देखेको छ । यसबाहेक कांग्रेसभित्रै उक्त समूहले ४० प्रतिशत भागबण्डाको माग गरिरहेको छ ।

यही कुरालाई टिकट बाँडफाँटका क्रममा जबरदस्त उठाउनका लागि गृहकार्यस्वरुप आजको बैठक बसिरहेको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर