यमबुद्ध शान्ति दौड प्रतियोगितामा खेमराज प्रथम – Nepal Press

यमबुद्ध शान्ति दौड प्रतियोगितामा खेमराज प्रथम

काठमाडौं । र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा शनिबार बिहान आयोजना गरिएको ‘यमबुद्ध शान्ति दौड २०७९’ प्रतियोगितामा खेमराज राई प्रथम भएका छन् ।

यमबुद्ध फाउन्डेसनको आयोजनामा सञ्चालन भएको उक्त शान्तिदौडमा यस्तै सन्तोष आचार्य दोस्रो भएका छन् भने भुपेन्द्र गुरुङ तेस्रो भएका छन् । उनीहरुले फाउन्डेसनले ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

बिहान ६ बजे नयाँ बानेश्वरबाट सुरु भएको दौडमा पुरानो बानेश्वर, मैतिदेवी पुतलीसडक प्रदर्शनीमार्ग भद्रकाली माइतीघर हुँदै पुरानो बानेश्वरमा टुंगिएको थियो । प्रतियोगितामा ६० जना सहभागी भएका थिए ।

शान्ति दौडका लागि बानेश्वरस्थित एभरेष्ट होटललाई मिटप्वाइन्ट बनाइएको फाउण्डेशन अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।

यमबुद्ध फाउन्डेशन २०७४ मा यमबुद्धको स्मृतिमा खोलिएको सामाजिक संस्था हो । यो संस्थाले विभिन्न कला संस्कृति र सांस्कृतिक प्रतिभालाई प्रोत्साहित गर्दै संगीतको माध्यमले समाजमा सकारात्मक संदेश दिनुपर्दछ भन्ने मान्यता अनुरुपको कार्य गर्दै आएको यमबुद्धका बुबा बताउँछन् । यसका साथै शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई यसले सहयोग गर्दै आएको छ ।

कोरोना महामारी र विभिन्न विपतका पीडितलाई पनि फाउण्डेसनले राहत सहयोग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर