चुनावी घोषणापत्र बनाउन माओवादीले विज्ञहरूसँग सुझाव लिने – Nepal Press

चुनावी घोषणापत्र बनाउन माओवादीले विज्ञहरूसँग सुझाव लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि घोषणापत्रमा समेट्नुपर्ने विषयमा विज्ञहरूसँग सुझाव लिने भएको छ ।

शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको प्रतिबद्धतापत्र मस्यौदा समितिको बैठकले कार्ययोजना तयार पारेको हो । माओवादीले घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा मस्यौदा समिति बनाएको छ ।

हिजोको बैठकले असोज ६-८ सम्म विभिन्न विषयविज्ञसँग सुझाव संकलन गर्नेगरी कार्यतालिका बनाएको छ । वाम बुद्धिजीवीहरू, अर्थतन्त्रका विज्ञ, नागरिक समाज, युवालगायतसँग अन्तरक्रिया गर्ने समितिले जनाएको छ ।

देशको वर्तमान आवश्यकता, युवाका सवाल र समाजवादउन्मुख एजेण्डामा केन्द्रित भएर घोषणापत्र बनाइने समितिका सदस्य प्रकाश विकल्पले जानकारी दिए ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, सचिव लीलामणि पोखरेल, गणेश साहसहित परशुराम तामाङ, अमृता थापामगर, डा. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जाकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडा, मनहरि तिमिल्सिना, डा. पूर्ण लोक्सम, नहेन्द्र खड्का मस्यौदा समितिका सदस्य छन् ।

सर्वसाधारण र माओवादीका शुभेच्छुकहरूका लागि घोषणापत्रमा छुटाउन नहुने विषयबारे [email protected] मा माओवादीले सुझाव आव्हान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर