‘बाबरी’को डिमान्ड हाई, अष्ट्रेलिया र हङकङपछि दक्षिण कोरियामा बिक्री – Nepal Press

‘बाबरी’को डिमान्ड हाई, अष्ट्रेलिया र हङकङपछि दक्षिण कोरियामा बिक्री

काठ्माडौं । असोज १४ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘बाबरी’ अहिले धमाधम बिदेशमा बिक्री भैरहेको छ । केही समयअघि मात्र यस चलचित्रको अष्ट्रेलिया र हङकङ राइट्स बिक्री भएको थियो । अहिले चलचित्रलाई महँगो रकममा दक्षिण कोरियामा बिक्री गरिएको छ।

‘केटीएम टू सियोल’ नामक कम्पनीका सीईओ यूविन श्रेष्ठले ‘बाबरी’ लाई दक्षिण कोरियामा प्रदर्शन गर्ने भएका हुन् । चलचित्र दक्षिण कोरियामा पनि असोज १४ गते नै रिलिज हुनेछ ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता धिरज मगर, नवनायक धिरज नाडकर र अभिनेत्री अदिती बुढाथोकी मुख्य भूमिकामा छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘बाबरी’ लाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *