वर्षाले विथोलियो सिरहामा एमालेको सभा – Nepal Press

वर्षाले विथोलियो सिरहामा एमालेको सभा

सिरहा । नेकपा एमालेले सिरहामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाका कारण विथोलिएको छ । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रम वर्षाका कारण लथालिंग भएको हो ।

नेता तथा कार्यकर्ताहरु बिहानैदेखि कार्यक्रमका लागि उपस्थित भएका थिए । प्रमुख अतिथि एमाले अध्यक्ष ओली ढिला पुगेकाले कार्यक्रम विलम्ब भएको थियो । अहिले ओलीले सम्बोधन गर्दागर्दै वर्षा भएपछि उनले तुरुन्तै भाषण टुंग्याए भने कार्यकर्ताहरु पनि तितरबितर भएका छन् । विभिन्न गाउँबाट कार्यक्रमका लागि आएर लामो समय ओलीका लागि कार्यकर्ताहरुले पर्खेका थिए । तर पानी परेपछि उनीहरुले सास्ती पाएका छन् भने ढिलो आएका ओलीले भाषण छोट्याउँदै कार्यक्रमबाट निस्किएका छन् ।

सिरहाको चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा भएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर