ब्याजदर बढाउनुपर्ने दबाबमा सहकारी, बढ्यो बचत फिर्ता हुने चिन्ता – Nepal Press

ब्याजदर बढाउनुपर्ने दबाबमा सहकारी, बढ्यो बचत फिर्ता हुने चिन्ता

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर वृद्धिको सूचना जारी गरेपछि सहकारीहरु दबाबमा परेका छन् । सहकारीहरुलाई बैंकहरुले बढी ब्याज दिने भएपछि बचतकर्ताले निक्षेप झिक्ने चिन्तासमेत बढेको छ ।

सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघका एक सदस्यले बैंकहरुको ब्याजदर वृद्धिले सहकारीलाई दबाब परेको बताए । उनले भने, ‘यही ब्याजदरमा सहकारीलाई अप्ठेरो हुन्छ , अब सहकारीले ब्याजदर बढाउनुपर्छ । हामी छलफल गरेर ब्याजदर बढाउँछौं ।’

उसो त पछिल्लो समय सहकारीहरुप्रतिको विश्वास गुम्दै गएको छ । केही सहकारीको बदमासीले समग्र सहकारी क्षेत्रकै बदनाम भएको छ । बढी ब्याज पाइने लोभले नै सहकारीमा पैसा राख्ने गरिन्छ । तर, सहकारीले वाणिज्य बैंकभन्दा कम ब्याज दिए बचतकर्ताहरु बैंकतर्फ जाने हो कि भन्ने चिन्ता थपिएको सहकारीकर्मीहरु बताउँछन् ।

सहकारी संस्थाका लागि सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्दै आएको छ । अहिले १६ प्रतिशत सन्दर्भ ब्याजदर छ । सहकारीहरुले १६ प्रतिशतभन्दा बढी ऋणको ब्याज बढाउन पाउँदैनन् । अहिले सहकारीले निक्षेपमा दिने ब्याज बैंकको भन्दा कम छ ।

हिजोमात्र बैंकहरुले ब्याजदर बढाउने सहमति गरेका थिए । असोज १ गतेबाटै ब्याजदर वृद्धि गर्ने गरी बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर